मंगलबार, ८ जेठ २०८१

सानिमा रिलायन्स लाइफको नाफा ९२.९४ % ले वृद्धि

समयपोष्ट २०८१ वैशाख २८ गते १२:३१

Advertisement

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९२.९४ % ले नाफा वृद्धि गरेको छ ।

इन्स्योरेन्सले गत आर्थिक वर्षमा १५ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो । इन्स्योरेन्सले चालु आर्थिक वर्षको सोहि अवधिमा ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

इन्स्योरेन्सको खुद बिमा शुल्क ११७.०८ प्रतिशतले बढेर ४ अर्ब १ करोड रुपैयाँ पुगेको छ। इन्स्योरेन्सको बीमा कोषको आकार २४.१४ प्रतिशतले बढेर १३ अर्ब ५५ करोड रुपैयाँ भन्दा बढी पुगेको छ। तेस्रो त्रैमाससम्ममा कम्पनीले कुल १ अर्ब ४१ करोड रुपैयाँ दाबि भुक्तानी गरेको छ।

चालु आर्थिक वर्षमा कम्पनीले लगानी तथा कर्जाबाट हुने आम्दानी १४२.७२ प्रतिशतले बढाएर १ अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ। गत वर्ष यस्तो आम्दानी ४६ करोड ४२ लाख रुपैयाँ थियो।

Advertisement

हाल ४ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ९९ करोड ७२ लाख रुपैयाँ रहेको छ । इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७१ पैसा छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ९९ पैसा छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री