शुक्रबार, १६ चैत २०८०

हाकु क्षेत्रका विद्यालयलाई कम्प्यूटर वितरण

समयपोष्ट २०७५ जेठ २ गते ५:४६

हाकु क्षेत्रमा जलविद्युत् सञ्चालन गर्ने एक निजी कम्पनीले प्रभावित क्षेत्रका विद्यालयलाई मंगलबार कम्प्यूटर वितरण गरेको छ ।

Advertisement

जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टका अनुसार २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली वान जलविद्युत् आयोजनाले हाकु, राम्चे र धुञ्चे क्षेत्रका १७ वटा विद्यालयलाई ९८ वटा कम्प्यूटर वितरण गरेको छ ।

विद्यालयमा प्राप्त सहयोगस्वरुप प्राप्त कम्प्यूटरले कम्प्यूटरको सिकाईमा छात्रछात्रालाई ससाना उमेरबाटै क्षमता अभिवृद्धि गराउन सहज भएको रसुवा मावि, धुञ्चेका प्रधानाध्यापक तेम्पा रिसाङ घलेले बताउनुभयो ।

विद्यालयजस्तो पवित्र संस्थालाई दिएको सहयोग उपयोगी र समयसापेक्ष भएकाले आगामी दिनमा पनि सहयोगी हात बढ्दै जानेमा विद्यालयका प्रअले अपेक्षा गरेको गोसाइँकुण्ड गापा अध्यक्ष कैसाङ नुर्पु तामाङले बताउनुभयो ।

कोरियाली लगानीमा नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिले निर्माण गर्न लागेको २१६ मेगावाट क्षमताको जलविद्युत् आयोजना आगामी अक्टोबरदेखि निर्माण शुभारम्भ हुने उक्त कम्पनीले जनाएको छ ।

आयोजनाका संरचना सबै भूमिगत हुने र सुरुङको लम्बाइ नौ किमी हुने प्राविधिकले बताएका छन् ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री