बिहीबार, ६ वैशाख २०८१

सम्पर्कविहीन मकालु एयरको जहाज बाजुरामा भेटियो, दुवै पाइलट सकुशल

समयपोष्ट २०७५ जेठ २ गते ४:०२

सुर्खेतबाट उडेर बेपत्ता भएको मकालु एयरको जहाज बाजुरामा भेटिएको छ ।

Advertisement

जहाज सुर्खेतबाट सिमिकोटका लागि उडेको थियो । जहाजले बाजुराको एक बगरमा आपतकालीन ल्यान्ड गरेको विमानस्थल स्रोतले बताएको छ ।

‘९ एन एजेयु’ कल साइनको जहाजमा चालक दलका दुई सदस्य मात्रै थिए । दुवै जना सकुशल छन् । कार्गो सामान लिएर जहाज सुर्खेतबाट ६ बजेर १२ मिनेटमा सिमिकोटका लागि उडेको थियो ।

बाजुराका डिएस्पी कविन्द्र सिंह बोहोराले भने एक स्थानीय पत्रकारले विमान बाजुराको बगरमा भेटिएको जानकारी दिएपछि खोजीका लागि प्रहरी परिचालन गरिएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री