बिहीबार, ६ वैशाख २०८१

डेभलपमेन्ट बैंकर्स संघको कार्यवाहक अध्यक्षमा ढकाल नियुक्त

समयपोष्ट २०७५ जेठ १ गते ७:००

गोविन्दप्रसाद ढकाल डेभलपमेन्ट बैंकर्स एशोसिएसनको कार्यवाहक अध्यक्ष नियुक्त भएका छन् । डेभलपमेन्ट बैंकर्स एशोसिएसनको १२औं साधारणसभाले ढकाललाई कार्यवाहक अध्यक्ष नियुक्त गरेको हो । उनी गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत समेत हुन् ।

Advertisement

यसैगरी संघले महासचिवमा मुक्तिनाथ विकास बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोखरेललाई चयन गरेको छ। कार्यकारी सदस्यमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीलाई नियुक्त गरिएको छ । यी नियूक्त गरिएका पदहरु आगामी निर्वाचन सम्मको लागि मात्र कायम हुने छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री