बुधबार, १२ वैशाख २०८१

राष्ट्रिय बीमा कम्पनीको खुद नाफा ७६.५४ प्रतिशतले बढ्यो

समयपोष्ट २०७५ जेठ १ गते ६:३९

राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४६ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गतबर्षको यसै अविधिमा २६ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गतबर्षको यसै अवधिको तुलनामा नाफा ७६.५४ प्रतिशत बढी हो ।

Advertisement

कम्पनीले खुद बीमा शुल्क बाट १७ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको छ । गतवर्ष यस्तो आम्दानी १६ करोड ४२ लाख रुपैयाँ थियो । त्यस्तै कम्पनीले १ करोड ७० लाख पुनबीमा बाट र लगानी, कर्जा तथा अन्यबाट १७ करोड २१ लाख आम्दानी गरेको छ ।

कम्पनीले कुल ७६ करोड ९० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत आवमा ३६ करोड ३५ लाख रुपैयाँ बीमा शुल्क आजन गरेको थियो । हालसम्म कम्पनीले ५ करोड ७० लाख रुपैयाँ दावी भुक्तानी गरेको छ ।

कम्पनीको चुक्तापूँजी २६ करोड रुपैयाँ रहेको छ । कम्पनीको समीक्षा अवधिमा जगेडाकोषमा २ अर्ब २ करोड रुपैयाँ रहेको छ । कम्पनीको बिमा कोषमा १ अर्ब ३० करोड रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १७३.०१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ८५९.७७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५६.१२ गुणा कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री