शुक्रबार, ७ वैशाख २०८१

ठगीमा परेको महतो दम्पतीको दुखेसो

समयपोष्ट २०७५ वैशाख ३१ गते ६:४८

एमबिबीएसमा छोरीको नाम निकालिदिने भन्दै रामसोभित महतोले आफूसँग रु १० लाख ठगी गरेको सिरहाको सुखीपुर–८ निवासी सन्तोषी महतोले गुनासो गरेकी छन् ।

Advertisement

सिरहाकै औरही गाउँपालिका–२ तुलसीपुर निवासी रामसोभित महतोले छोरीको नाममा एमबिबीएसमा निकालिदिने भन्दै गत भदौ २५ गते रु पाँच लाख र भदौ २७ गते रु पाँच लाख गरी रु १० लाख रकम लिएको पीडित रामेश्वर महतोका पत्नि सन्तोषी महतोको दुखेसो छ ।

सन्तोषी महतोले आइतबार साँझ लहानमा पत्रकार सम्मेलन गरि छोरी निलमको केयूबाट नाम निकाल्ने आफ्नो जिम्मेवारी हो भन्दै रामसोभित महतोले आफूसँग दुई पटकमा रु १० लाख लिएको आरोप लगाउनुभएको छ ।

जेनतेन व्यवस्था गरेर रामसोभितलाई रु १० लाख दिए सन्तोषीले भन्नुभयो– “तर, छोरीको नाम निस्किएन, ‘पैसा फिर्ता माग गर्दा रामसोभितले आइओएम र त्यसपछि पाटनबाट नाम निकाल्ने भनेका थिए ।” कहीँकतैबाट नाम नकालिदिएपछि रामसोभित यतिबेला सम्पर्कविहीन भएको सन्तोषीको भनाइ छ । रामसोभित पीडित रामेश्वर महतोका आफ्नै जेठा दाजु रामनारायण महतोका ज्वाइँ हुन् ।

रामसोभित महतो सिरहा छाडेर हाल काठमाडौँ महानगरपालिका–९ गौशालास्थित रासविता टुर्स एण्ड ट्राभल्स कार्यालय सञ्चालन गर्दै आएका छन् । रामसोभितले लिएको रकम फिर्ता गराई दिन प्रहरी प्रशासनदेखि गाउँपालिकासम्म धाए तर अहिलेसम्म कुनै उपलब्धि हासिल नभएको रामेश्वर महतोको गुनासो छ ।

न्यायका लागि कानूनी उपचार गर्न खोज्दा रामसोभितले कानूनी प्रक्रियामा नजानु भन्दै आफूहरूलाई पटकपटक धम्की दिँदै आएको सन्तोषी र उहाँका पति रामेश्वरले दुखेसो सुनाउनुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री