बुधबार, १७ मंसिर २०७७

उपेन्द्र यादवले मोदीलाई एक्लै भेटेर यसो भने

समयपोष्ट २०७५ वैशाख २९ गते १०:२८

नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गर्नुभएको छ ।

Advertisement

आज यहाँ भएको भेटवार्तामा दुई देशको सम्बन्ध, आपसी हित र चासोका विषयमा विचार विमर्श भएको थियो ।

पारस्परिक सहयोग र विकासका विषयमा प्रधानमन्त्री मोदीसँग कुराकानी भएको अध्यक्ष यादवले राससलाई जानकारी दिनुभयो ।

Advertisement

उहाँले भन्नुभयो, “मुलुकको समृद्धि र दुई देशबीचको सम्पर्क सञ्जाल विस्तार गर्ने विषयमा भारतीय प्रधानमन्त्रीसँग महत्वपूर्ण र सकारात्मक छलफल भयो ।”

प्रधानमन्त्री मोदीलाई अध्यक्ष यादवले एक्लै भेटवार्ता गर्नुभएको हो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री