शनिबार, १५ वैशाख २०८१

भारतीय प्रधानमन्त्री मोदीलाई यि उपहार दिइने

समयपोष्ट २०७५ वैशाख २८ गते १३:४६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शनिबार हुने मुक्तिनाथ दर्शन भ्रमणका क्रममा स्थानीय जनप्रिय युवा क्लबका तर्फबाट स्थानीय संस्कृति प्रदर्शन गरिने भएको छ ।

Advertisement

स्थानीयवासी प्रधानमन्त्री मोदी स्वागतको पर्खाइमा रहेको क्लबका पूर्वअध्यक्ष सुरज गुरुङले बताउनुभयो । मोदी आउने भएसँगै उत्साहित स्थानीयवासीले मुक्तिनाथदेखि रानीपौवा बजार सरसफाइ गरेको क्लबका अध्यक्ष उक्रेन गुरुङले जानकारी दिनुभयो ।

स्वागतका क्रममा बारागुङ गाउँपालिकाका तर्फबाट ताम्रपत्र प्रदान गरिने गाउँपालिकाका अध्यक्ष फेन्चोकछेप्तेन गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार मुक्तिनाथ विकास समितिका तर्फबाट शालिग्राम र बौद्ध लामाबाट बुद्धको मूर्ति दिइने तयारी गरिएको छ । स्थानीय संस्कृतिअनुसार संस्कृति प्रदर्शनको तयारी गरिएको रानीपौवा आमा समूहका अध्यक्ष कन्दु गुरुङले जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री