शुक्रबार, १६ चैत २०८०

विप्लवका ३५ कार्यकर्ता पक्राउ

समयपोष्ट २०७५ वैशाख २८ गते ७:०५

प्रहरीले काठमाडौंबाट नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका ३५ भन्दा बढी कार्यकर्तालाई पक्राउ गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणका क्रममा विरोध गर्न सक्ने आशंकामा उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

Advertisement

प्रधानमन्त्री मोदीको सवारी स्थल,बासस्थान र मोदी भ्रमणका बेला प्रयोग हुने सडक मार्गमा बिहानैदेखि प्रहरी परिचालन गरिएको छ।

विमानस्थलदेखि मोदी बस्ने हायात होटलसम्म सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री