शुक्रबार, ६ असार २०८२

बिराटनगरमा ‘डेस्टिनेशन इण्डिया’ सञ्चालन

समयपोष्ट २०७५ वैशाख २८ गते १:४३

नेपाली विद्यार्थीलाई गुणात्मक, स्तरीय र दक्ष जनशक्तिमुलक शिक्षा उपलब्ध गराउने उद्देश्यका साथ दुईदिने भारतीय शैक्षिक मेला (डेस्टिनेशन इण्डिया –२०१८) बिराटनगरमा सञ्चालन हुने भएको छ ।

Advertisement

विराट वाइड रेन्ज कन्सल्टेन्सीद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा शैक्षिक मेलामा भारत सरकारद्वारा मान्यता प्राप्त २० वटा कलेज र विश्वविद्यालयको सहभागिता रहनेछ ।

एसइई र १२ कक्षा अध्ययन सकेका विद्यार्थीलाई लक्षित गरी सञ्चालित उक्त मेलामा मानविकी, व्यवस्थापन, मेडिकल, इन्जिनियरिङ र होटल व्यवस्थापन विषय अध्ययन गराउने कलेजका प्राचार्य र प्रतिनिधिहरुको प्रत्यक्ष सम्पर्क रहनेछ ।

विगत आठ वर्षदेखि सञ्चालित उक्त मेलामार्फत वार्षिक ५० जना विद्यार्थीले भारतमा अध्ययन गर्न जाने गरेका छन् । विद्यार्थी कलेज दाखिलापश्चात् समेत कन्सल्टेन्सीले नियमित अनुगमन गर्ने गरेको पत्रकार सम्मेलनमा बताइयो ।

प्राविधिकतर्फ इन्जिनियरिङ अध्ययन गर्न चार वर्षको अध्ययन, आवास र खानासहित न्यूनतम रु १० लाख लाग्ने कन्सल्टेन्सीका प्रबन्ध निर्देशक विजय दंगालले वताउनुभयो । दुईदिने मेलामा मोरङ र सुनसरीका पाँच हजार विद्यार्थी र अभिभावकले अवलोकन गर्ने बताइएको छ । रासस

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री