शुक्रबार, ३० जेठ २०८२

रातो मच्छिन्द्रनाथको रथ तान्नका लागि जुर्यो शुभसाइत

समयपोष्ट २०७५ वैशाख २० गते ६:४९

रातो मच्छिन्द्रनाथको रथ तान्नका लागि शुभसाइत जुरेको छ । लगनखेलबाट जावलाखेल रथ तान्नका लागि विशेष विधिपूर्वक शुभसाइत हेर्ने चलन अनुसार जोशी गुरुहरुले बिहीबार विहान शुभसाईत हेरेका हुन् । जसअनुसार बैशाख २७ गते रथ तान्नका लागि उपयुक्त मानिएको छ ।

Advertisement

परम्परा अनुसार मंगलबजारको मणिमाण्डपमा विशेष विधिपुर्वक ज्योतिषीहरु बसेर रथलाई जावलाखेलतर्फ तान्ने शुभसाइत हेरिन्छ । शुभसाईत जुरेपछि रथलाई तानेर जावलाखेल पुर्याइन्छ र त्यहा पुर्याएको चार दिन पछि भोटो देखाउने गरिन्छ ।

बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरु भएर असार शुक्ल चौथीसम्म झण्डै २ महिना सम्म मनाईने यो रथजात्रा यसपटक जेठमा मलमास परेकाले छोटो अवधि भित्रै सम्पन्न गर्ने गरि शुभसाईत हेरिएको ज्योतिष कृतिकिरण जोशीले जानकारी दिए ।

पुलचोकबाट सुरु भएको रथजात्राको पहिलो दिन रथलाई नःटोल लगिन्छ । त्यसपछि महापाल, मंगलबजार, सुन्धारा, महाबौद्ध, थैना, टंगल हुँदै थतीटोल लगिन्छ ।

ललितपुरको पुल्चोकबाट तानिएको वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथलाई अहिले लगनखेल राखिएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री