आइतबार, ६ जेठ २०८१

पशुपति क्षेत्रको गुरुयोजना कार्यान्वयनमा ल्याइने

समयपोष्ट २०८० जेठ १५ गते १८:१७

Advertisement

सरकारले विश्व सम्पदा सूचीमा सूचीकृत विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रको गुरुयोजना कार्यान्वयनमा ल्याउने भएको छ ।

धार्मिक, सांस्कृतिकस्थललाई समेटेर धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/२०८१ को बजेट वक्तव्यमा उल्लेख छ ।

सांस्कृतिक सम्पदाको संरक्षण, सम्वर्द्धन गरी पर्यटन प्रवर्द्धन गरिने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ । एक सय वर्षभन्दा पुराना गुम्बाको संरक्षण गरिनुका साथै भूकम्पले भत्किएका नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, धादिङलगायत जिल्लाका गुम्बा पुनःनिर्माण गरिने भएको छ । गुठी जग्गा संरक्षणका लागि एकीकृत अभिलेख तयार गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री