शनिबार, ८ वैशाख २०८१

यस्ता छन् शुक्रबार र आइतबारका मन्त्रिपरिषद् बैठकका निर्णयहरु (सुचिसहित)

समयपोष्ट २०८० जेठ १४ गते १२:५०

Advertisement

शुक्रबार र आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

आइतबार बसेको बैठकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित १८ जनालाई रिहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा (महिलातर्फ) लमजुङ निवासी अनिता ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै क्यानडामा २०८० भदौ ५ गते देखि ९ गतेसम्म आयोजना हुने विश्व वातवारण सुविधाको ७ औं सभा तथा सम्बन्धित बैठकहरुमा अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ ।

बैठकले सिन्धुलीमाडी–भूमेस्थान–चकमके–उदयपुर कटारी सडक खण्डको स्तरोन्नतिका लागि राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न स्वीकृति दिने,मध्य तमोर जलविद्युत आयोजनाको प्रसारण लाइनको निर्माणका लागि ताप्लेजुङ जिल्लाको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र सो जग्गामा रहेका रुखहरु हटाउन स्वीकृति दिने निर्णय गरेको छ ।

त्यस्तै लंखुवाखोला साना जलविद्युत आयोजनाको भौतिक पूर्वाधारहरु निर्माण गर्न संखुवासभा जिल्लाको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र सो वन क्षेत्रमा रहेका रुख हटाउने स्वीकृति दिने निर्णय गरेको छ ।

यस्ता छन् जेठ १२ गते शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः

– नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने ।

–तनहुँ जलविद्युत आयोजना, उर्जा प्रणाली विस्तार आयोजना, ग्रीड विकास आयोजना र नेपाल वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजनाका LIBOR सन्दर्भ दर अनुसार ब्याजदर निर्धारण गर्ने व्यवस्थाको सट्टा Forward Looking Term SOFR का आधारमा ब्याजदर निर्धारण गर्ने गरी वित्तीय सम्झौता संशोधन गर्न स्वीकृति प्रदान गर्ने ।

–२०८० जेड ३०–३२ मा भारतको कालकत्तामा आयोजना हुने विमस्टेक ब्यापार सम्मेलनमा सहभागिताका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको भ्रमण स्वीकृत गर्ने ।

–विमस्टेक भविष्यको कार्यदिशाका लागि प्रवुद्ध व्यक्तिहरुको समूह (Eminent Person’s Group on the Future Direction of BIMSTEC) मा नेपालका तर्फबाट पूर्व परराष्ट्र सचिव तथा संयुक्त राष्ट्रसंघका लागि पूर्व राजदूत/स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईभट्टलाई मनोनय गरी पठाउन परराष्ट्र मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने ।

–रासायनिक पदार्थको सुरक्षित प्रयोग, नियमन तथा जोखिम व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत प्रदान गर्ने ।

–काठमाडौं कीर्तिपुर नगरपालिका ७ निवासी श्री उपेश महर्जनलाई गोरखापत्र संस्थानको सम्पादक सल्लाहकार २ (दुई) वर्षका लागि नियुक्त गर्ने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री