शुक्रबार, १४ वैशाख २०८१

सात कम्पनीलाई ब्रोकर लाइसेन्स

समयपोष्ट २०८० जेठ ९ गते ११:१४

Advertisement

नेपाल धितोपत्र बोर्डले सात कम्पनीलाई धितोपत्र दलाल व्यवसाय गर्न इजाजत पत्र दिएको छ ।

सोमबार बोर्डको सञ्चालक समितिले आवेदन दिएका मध्ये सात कम्पनीलाई इजाजत पत्र दिएको हो ।

इजाजत पाउनेमा भोले गणेश सेक्युरिटिज लिमिटेड अनामनगर, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड ज्ञानेश्वर, हिमालय ब्रोकरेज लिमिटेड डिल्लीबजार र सन सेन्युरिटिज प्रालि नक्साल रहेका छन् ।

यस्तै, मियो सेक्युरिटिज प्रालि हात्तिसार, शेयरप्रो सेक्युरिटिज प्राली ढल्कु र प्रोपर्टी विजार्ड लिमिटेड नाग पोखरी रहेका छन् ।

अनुमति पाएका यी सात कम्पनीले केही दिनअघि आशयपत्र पाएका थिए। बोर्डले अन्य आशयपत्र पाएकाहरूको पनि अध्ययन भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री