शुक्रबार, १४ वैशाख २०८१

जेठ २१ देखि अजोड र युनाइटेड इन्स्योरेन्सको एकीकृत कारोबार

समयपोष्ट २०८० जेठ ३ गते १५:५१

Advertisement

अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार यही जेठ २१ गतेदेखि हुने भएको छ ।

यी दुई कम्पनीबीच मर्जरसम्बन्धी सम्पूर्ण प्रक्रिया पुरा भएसँगै अजोड युनाइटेड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुने भएको हो ।

युनाइटेड इन्स्योरेन्सको १०० कित्ता सेयर बराबर अजोडको ९० कित्ता कायम गरी दुई कम्पनी मर्जरमा गएका हुन ।

यी दुई कम्पनीबीच २०७९ पुस २६ गते मर्जरमा जाने सैद्धान्तिक समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री