शुक्रबार, ७ वैशाख २०८१

नेपालको उत्पादन यात्री मोटरसाइकल औपचारिक रूपमा दर्ता

समयपोष्ट २०८० जेठ २ गते १०:३२

Advertisement

नेपालमै उत्पादन भएको पहिलो विद्युतीय मोटरसाइकल यात्री औपचारिक रूपमा दर्ता भएको छ ।

सोमबार यात्रीको पी–१ मोटरसाइकल नेपालमा उत्पति भएको पहिलो सवारीका रुपमा दर्ता भएको हो ।

यातायात व्यवस्था कार्यालय, गुर्जुधारा (मोटरसाइकल)मा पी–१को ‘बाग्मती प्रदेश ०२ बा ४३ प ८६५० नम्बर’को पी–१ बाइकले पूर्ण रुपमा नेपालमा उत्पादित पहिलो सवारीका रुपमा दर्ता भएको हो । योसँगै आयातको कागजविनै दर्ता हुने नेपालको पहिलो सवारी बनेको छ ।

यात्री मोटरसाइकल सवारी तथा यातायात व्यवस्था ऐन, २०६० को संशोधन तथा नयाँ व्यवस्था थप गरेसँगै दर्ता भएर पहिलोपटक नम्बर प्लेट पाएको हो ।

यसअघि कानुनमा नेपालमा उत्पादन भएका सवारी साधन दर्ता गर्ने कानुनको अभावमा यातायात कार्यालयमा दर्ता हुन नसक्दा सरकारको आलोचना भएको थियो । संसद्मा समेत यस विषयमा कुरा उठेपछि सरकारले फास्ट ट्रयाकमा कानुन संशोधन गर्दै नेपालमा उत्पादन भएका सवारी साधनको दर्ता हुने प्रक्रिया सुरु गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री