शुक्रबार, २७ असार २०८२

आज मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंक

समयपोष्ट २०८० वैशाख २९ गते १२:०१

Advertisement

केन्द्रीय बैंकले आज चालु आर्थिक बर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा सार्वजनिक गर्ने भएको छ ।

राष्ट्र बैंकले शुक्रबार दिउँसो १ बजे चालु आर्थिक बर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा सार्वजनिक गर्न लागेको हो ।

मौद्रिक नीतिको समीक्षा गर्नको लागि शुक्रबार बिहानै सञ्चालक समितिको बैठक बोलाइएको थियो । सो बैठक हाल जारी छ ।

बैठकमा राष्ट्र बैंकका नवनियुक्त सञ्चालक रवीन्द्र पाण्डे र अर्थसचिव अर्जुनप्रसाद पोखरेलसमेत सहभागी भएका छन् ।

Advertisement

गत मंगलबार मात्रै राष्ट्र बैंक संचालक समितिमा नियुक्त भएका पाण्डे र गत सात अर्थ सचिवमा ल्याइएका पोखरेल राष्ट्र बैंकको बैठकमा पहिलो पटक सहभागी भएका हुन् ।

अर्थतन्त्र मन्दीमा गएको संकेतहरु देखिएकाले राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा मार्फत केही लचकता अपनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री