बिहीबार, २७ वैशाख २०८१

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सको एकिकृत कारोबार आजदेखि सुरु

समयपोष्ट २०८० वैशाख २७ गते ९:५५

Advertisement

आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले आजदेखि एकिकृत कारोबार सुरु गरेका छन् ।

बुधबारबाट आईजीआई प्रुडेन्शियल इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु भएको हो ।

यससंगै उक्त कम्पनीको चुक्तापूँजी ३ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।

आइजिआई प्रुडेन्सियलको प्रमुख कार्यकारी अधिकृतमा आइएमई जनरल इन्स्योरेन्स कम्पनीका सिईओ युगेशभक्त वादे श्रेष्ठ रहेका छन् भने अध्यक्ष हेमराज ढकाल भएका छन्।

Advertisement

दुवै कम्पनीको चैत्र २२ मा सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो ।

दुवै कम्पनी एक बराबर एकको स्वाप अनुपातमा मर्ज भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री