बिहीबार, २७ वैशाख २०८१

बैशाख २६ गतेदेखि यूनियन, गुराँस र प्राइम लाइफको एकिकृत कारोबार

समयपोष्ट २०८० वैशाख २४ गते ११:४७

Advertisement

यूनियन लाइफ इन्स्योरेन्स,प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सको एकिकृत कारोबार बैशाख २६ गतेदेखि शुरु हुने भएको छ ।

डाटा माइग्रेशन प्रयोजनार्थ बैशाख २३, २४ र २५ गते तीन दिनका लागि यी तीनवटै इन्स्योरेन्सको सफ्टवेयर सिस्टम बन्द हुने तथा कम्पनीका सम्पूर्ण कार्यालयहरुबाट प्रदान गर्दै आइरहेका सेवाहरु बन्द रहनेछ।

एक आपसमा मर्ज भएपश्चात हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार शुरु हुनेछ ।

एकिकृत कारोबारका लागि यी तीन कम्पनीलाई नेपाल बीमा प्राधिकरणले बैशाख १३ गते, नेपाल धितोपत्र बोर्डबाट बैशाख १९ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले बैशाख २० गते अन्तिम स्वीकृत प्रदान गरेको छ।

Advertisement

मर्जर पश्चात शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचीकरण प्रयोजनार्थ बैशाख २६ गतेदेखि यी कम्पनीहरुको शेयर कारोबार रोक्का गरिने भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री