शुक्रबार, १४ वैशाख २०८१

बेपत्ता विमान खोज्न सेनाको हेलिकप्टर पठाइँदै

समयपोष्ट २०७९ जेठ १५ गते १२:०५

Advertisement

तारा एयरको विमान सम्पर्कविहीन भएपछि नेपाली सेनाको हेलिकप्टर खोजी कार्यमा परिचालन गरिने भएको छ ।

सम्भावित दुर्घटना क्षेत्रमा हेलिकप्टर पठाउने तयारी भएको मुस्ताङ प्रहरी प्रमुख डीएसपी रामकुमार डानीले बताए ।

तारा एयरको ‘एईटी’ ट्विनअटर विमान लेते क्रस भएपछि सम्पर्कबिहीन भएको थियो ।

सोही क्षेत्रमा खोजीका लागि सेनाको हेलिकप्टर पठाउन लागिएको हो । ताराको विमानमा ६ विदेशीसहित १९ जना सवार थिए ।

विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।

यस्तै विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेस किस्मी थापा थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री