मंगलबार, ६ चैत २०८०

आज सार्वजनिक हुँदै बजेट, करिब १७ खर्बको बजेट आउँदै

समयपोष्ट २०७९ जेठ १५ गते ८:०१

Advertisement

सरकारले आज अपराह्न ४ बजे आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै छ ।

अर्थमन्त्री जनार्दन शर्माले संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन् ।

अर्थमन्त्री जनार्दन शर्माले आय-व्ययको विवरण प्रस्तुत गर्ने छन् । संविधानमै १५ जेठमा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने व्यवस्था छ । बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्ने कार्यसूची छ ।

योजना आयोगले आगामी आवको बजेटका लागि १७ खर्ब ४५ अर्बको सीमा निर्धारण गरिदिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री