बिहीबार, १३ वैशाख २०८१

सेन्ट लरेन्सका दुई शिक्षकलाई ५ दिन हिरासतमा राख्न अनुमति

समयपोष्ट २०७९ जेठ १० गते २१:०४

Advertisement

काठमाडौँको चावहिलस्थित सेन्ट लरेन्स कलेजका दुई शिक्षकलाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मंगलबार एमाले नेता समेत रहेका क्याम्पसका कोअर्डिनेटर जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पक्राउ गरेको थियो ।

आरोपीहरुलाई जिल्ला अदालत काठमाडौंले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

शिक्षकहरु विरुद्ध ३ जना छात्राले बाल यौन दुर्व्यवहार गरेको कसुरमा जाहेरी दिएका छन् । जाहेरी दिनेमा कक्षा ११ र १२ अध्ययनरत छात्रा छन् । आरोपीले विद्यार्थीहरुलाई अनैतिक रुपमा छुने तथा आफ्नै घरमा बस्न र यौन सम्पर्कको प्रस्ताव गरेको छात्राहरुको आरोप छ ।

पटक–पटक क्याम्पस व्यवस्थापनलाई घनाबारे जानकारी दिँदा सुनुवाई नभएको र भित्रभित्रै मिलाउने प्रयास भएको भन्दै विद्यार्थीहरुले आन्दोलन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री