शुक्रबार, १४ वैशाख २०८१

‘लौरी टेकौला, भेटौँला बालेन दाई दु:ख मेटौँला’

समयपोष्ट २०७९ जेठ ९ गते २१:४१

Advertisement

बालेन साहको सपोर्टमा ‘लौरो टेकौला’ गीत समेत सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा उमेश राउतको शब्द तथा लेखु सहयात्रीको संगीत छ । लेखु सहयात्री, उमेश राउत, विक्रम राई र विसन आचार्यको स्वर रहेको गीतमा विसम आचार्यकै संगीत संयोजन छ । रोमान्टिक थिममा डान्सिङ शैलीमा तयार पारिएको गीतमा बालेन एक सोच, जोस, आस र युगको खोज भएको भनिएको छ । बा आमालाई टेक्न मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने भन्दै बालेको चुनाव चिन्ह लौरो अबको सबैको भर नै हो समेत भनिएको छ ।

गीतले बालेन विपत्तिलाई छेक्न मिल्ने र दुःख मेट्ने साथी समेत भएको चर्चा गरेको छ । सफा सहर र मानिसको रहर सबै बालेन महानगरको नेतृत्वमा आएपछि पुरा हुने समेत भनिएको गीतमार्फत बालेनलाई नखुलेको बाटो खोल्न र आवाज बिहिनको आवाज बन्न समेत अनुरोध गरिएको छ ।

गीतको भिडियो समेत बनेको छ । जसमा बालेनका चुनावी गतिविधिका समेटेर तयार पारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री