शनिबार, ८ वैशाख २०८१

भरतपुरको मेयरमा रेनु दाहाल विजयी

समयपोष्ट २०७९ जेठ ९ गते २१:२८

Advertisement

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल निर्वाचित भएकी छन् ।

भरतपुरमा ११,१७३ मत गणना गर्न बाँकी हुँदा दाहाल निर्वाचित भएकी हुन् ।

भरतपुर कूल खसेको मत १ लाख २७ हजार ८३९ मध्ये १ लाख १६ हजार ६६६ गणना भइसकेको छ । जसमा रेनु दाहालले ४७ हजार ४० मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ३५ हजार ५८३ मत पाएका छन् । दाहाल र सुवेदीको मतान्तर ११,४५७ रहेको छ । जुन गणना गर्न बाँकी रहेको मतभन्दा बढी हो ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४२६३ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री