शुक्रबार, १४ वैशाख २०८१

नेपाल प्रहरीको एआईजीमा बढुवाका लागि पाँच डिआईजीको नाम सिफारिस

समयपोष्ट २०७९ जेठ ९ गते ११:५१

Advertisement

नेपाल प्रहरीका पाँचजना प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।

सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताका आधारमा पाँचजनाको नाम सिफारिस गरेको हो ।

समितिले उत्तमराज सुवेदीलाई १ नम्बरमा एआईजी बढुवा गर्न सिफारिस गरेको छ ।

डीआईजीहरू अरुणकुमार बिसी,दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री