शनिबार, ८ वैशाख २०८१

स्थापितले बालेनलाई उछिने

समयपोष्ट २०७९ जेठ ९ गते ८:३९

Advertisement

काठमाडौंको ‘कोर एरिया’ मानिने वडा नम्बर २१ मा स्वतन्त्र बालेन्द्र साहलाई एमालेका मेयर उम्मेदवार केशव स्थापितले उछिनेका छन् ।

वडा नम्बर २१ को एक हजार मतगणना हुँदा स्थापितले ३७३ मत पाएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह २५५ मतसहित दोस्रो स्थानमा छिन् । स्वतन्त्र उम्मेदवार बालेन साह भने २२३ मत ल्याएर तेस्रो स्थानमा छन् ।

गणना भएको कुल मतमा भने बालेन निकै अगाडि छन् ।

वडा नम्बर २१ यसअघि एमालेबाट मेयर जितेका विद्यासुन्दर शाक्य र अहिलेकी उपमेयर उम्मेदवार सुनिता डंगोलको वडा हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री