पाथीभरामा एक तीर्थयात्रीको मृत्य
समयपोष्ट
२०७९ जेठ ६ गते २१:५५
ताप्लेजुङको पाथीभरामा एक तीर्थत्रात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिकाका ६४ वर्षीय हरिप्रसाद घिमिरे रहनुभएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
फेदीमा अस्वस्थ्य महसुस गर्नुभएर बेहोस हुनुभएका घिमिरेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
परिवारसँगै दर्शनका लागि आउनुभएका घिमिरेलाई उहाँकै गृहजिल्ला पठाइसकिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो ।
प्रतिक्रिया