सोमबार, १३ असार २०७९

बालेनलाई सिर्जनाले उछिनिन्

समयपोष्ट २०७९ जेठ ३ गते १८:५५

Advertisement

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहलाई उछिनेकी छन् ।

काठमाडौँ महानगरपालिका– २९ मा पर्ने डिल्लीबजारको मत गणनाको सुरुवाती मतपरिणाममा उनले शाहलाई १ मतले उछिनेकी हुन्।

डिल्लीबजारका विजय मेमोरियल र पद्मकन्या मतदान स्थलमा खसेका मतपत्रहरुको गणना भइरहेको छ।

पहिलो १०० मतको गणना हुँदा सिर्जनाले ३३ मत पाएकी छन्।

Advertisement

स्वतन्त्र उम्मेदवार शाहले ३२ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १० मत प्राप्त गरेका छन्।

मतपरिणामअनुसार यहाँ महानगर उपप्रमुखकी एमाले उम्मेदवार सुनिता डंगोलले २१, नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १७ र स्वतन्त्रतर्फ लौरो चुनाव चिन्ह भएका उम्मेदवारले ४ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री