शुक्रबार, १४ वैशाख २०८१

जीवन बिमामा बिग मर्जर, प्राइम, युनियन र गुराँस लाइफ गाँभिने सहमति

समयपोष्ट २०७९ वैशाख २९ गते १८:५९

Advertisement

कमर्सियल बैकिंग क्षेत्रमा जस्तै बिमा क्षेत्रमा पनि बिग मर्जरको सुरुवात् भएको छ ।

बिमा समितीले चुँक्ता पुँजी पाँच अर्व रुपैयाँ पुर्याएपछि बिहीबार प्राइम, गुराँस र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीबिच आपसमा गाँभिने सहमति भएको हो ।

सो सम्बन्धमा तीनै कम्पनीका अध्यक्षहरुले सहमती पत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीको पुँजीगत आधारलाई मजबुत र सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्दै बीमित, लगानीकर्ता लगायत सरोकारवालाहरुको दीर्घकालीन हित संरक्षण गर्नुको साथै तीनै कम्पनीको वित्तीय, मानव संशाधन, प्राविधिक एवं अन्य क्षमता अभिवृद्धि गर्दै सेवाग्राहीलाई आधुनिक प्रविधिजन्य बीमा सेवा सुविधा प्रदान गर्न सक्ने अवस्था सिर्जना गर्ने, मुलुकमा जीवन बीमालाई सुशासित, सुरक्षित, स्वस्थ्य, कुशल तथा सक्षम एवं प्रभावकारी बनाउन सहयोगी भुमिका निर्वाह गर्ने र मुलुकको समग्र जीवन बीमा प्रणालीको सम्बद्र्धन गरी सो प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्दै बिमितको हित संरक्षण गर्ने उदेश्य तीनै कम्पनीले लिएका छन् ।

हाल प्राइम लाइफको चुक्ता पूँजी २ अर्ब ७७ करोड ९६ लाख १६ हजार रुपैयाँ रहेको छ । गुराँस लाइफको २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँ रहेको छ भने यूनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । यी तीन कम्पनीले एक बराबर १ को अनुपातमा शेयर आदानप्रदान गरेको खण्डमा मर्जर भएपछि चुक्ता पूँजी ७ अर्ब १ करोड ३८ लाख ६६ हजार हुनेछ । अर्थात यी तीन कम्पनी मर्जरपछि नेपाल लाइफपछि दोस्रो ठुलो चुक्ता पूँजी भएको कम्पनी बन्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री