शनिबार, १५ वैशाख २०८१

अडलट कारोबार नगराउन नेप्सेको निर्देशन

समयपोष्ट २०७९ वैशाख २६ गते १२:०२

Advertisement

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ब्रोकर तथा सरोकारवाला पक्षहरुलाई अडलट कारोबार नगराउन निर्देशन दिएको छ।

नेप्सेले एक सुचना जारी गर्दै ब्रोकरको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) प्रणालीबाट अनलाइन तथा अफलाईन मार्फत समेत अडलटमा कारोबार नगर्न/नगराउन  निर्देशन दिएको हो ।

धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम (५)को उपविनियम (१) मा कारोबार हुने धितोपत्र शेयर वा सामुहिक लगानी प्रयोजनको इकाई भएमा अंकित मूल्य रु.१० भएमा १०० कित्ता र अंकित मूल्य रु. १०० भएमा १० कित्ता कारोबार इकाई हुने व्यवस्था रहेको साथै सोही विनियमको उपविनियम (२) मा भएको व्यवस्था बमोजिम धितोपत्र ऋणपत्र भएमा अंकित मूल्य रु.१० भएमा १०० कित्ता र संस्थापक ऋणपत्रको अंकित मूल्य रु. १०००/- भएमा १ किता कारोबार इकाई हुने उल्लेख छ । सोहि विनियमको उपविनियम (३) बमोजिम “उपविनियम (१) र (२) मा उल्लखित कारोबार इकाई भन्दा कम परिमाणको धितोपत्र अडलट हुनेछ र त्यस्तो धितोपत्रको कारोबारलाई अडलट कारोबार भनिनेछ तर कारोबार इकाई वा सो भन्दा बढी धितोपत्र भएका धितोपत्रधनिले त्यस्तो धितोपत्रलाई अडलट बनाई बिक्री गर्न पाइने छैन” भन्ने उल्लेख छ ।

धितोपत्र कारोबार सम्बन्धमा उल्लेखित कानूनी व्यवस्था तथा प्रचलित कानून बमोजिम मात्रै कारोबार गर्न नेप्सेले ब्रोकरलाई निर्देशिन दिएको हो। नेप्सेको निर्देशन अनुसार अब शेयरधनीसंग १० कित्ता भन्दा बढी शेयर भएमा अडलटमा बिक्री गर्न पाउने छैनन्।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री