
पछिल्लो २४ घण्टामा थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर र २४२५ एन्टिजेन परीक्षणमा ४७६२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ ।
काठमाडौं उपत्यकामा आज १२६३ जनामा कोरोना पुष्टि भएको छ ।
काठमाडौंमा ८९०, भक्तपुरमा १२१ र ललितपुरमा २५२ गरी १२६३ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप ११४ जनाको मृत्यु भएको छ भने ६ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् । यससँगै निको हुनेको संख्या ४ लाख ४७ हजार ४४६ पुगको छ । यस्तै सक्रिय संक्रमितको संख्या १ लाख ६ हजार ४७० जना रहेको छ ।









प्रतिक्रिया