
लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि भएको राष्ट्रिय सभा उप-निर्वाचनको मतदान सकिएको छ ।
दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि ३ बजेसम्म भएको मतदानमा २९७ जनप्रतिनिधि मतदानमा सहभागी भए भने तीन जनप्रतिनिधि अनुपस्थित रहे । प्रदेश निर्वाचन कार्यालयका अनुसार स्थानीय तर्फको मतदानमा केन्द्रमा महिला ७२ र पुरुष १०८ जनाले मतदान गरे भने प्रदेशतर्फको मतदान केन्द्रमा महिला ३० र पुरुष ५० जनाले मतदान गरे । यस्तै कोभिड संक्रमितका लागि व्यवस्था गरिएको मतदान केन्द्रमा प्रदेशका ३ र स्थानीयतर्फका २४ जनप्रतिनिधिले मतदान गरे ।









प्रतिक्रिया