देउवा निवासमा विपक्षी गठबन्धनका नेताहरुले बनाए यस्तो रणनीति

विपक्षी गठबन्धनका शीर्ष नेताहरु अब कसरी अघि बढ्ने भन्नेबारे रणनीति बनाउन छलफलमा जुटेका छन् । आईतवार विहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी गठबन्धनका शीर्ष नेताहरु जुटेका हुन् ।

Advertisement

विपक्षी गठबन्धनको बैठकले प्रतिनिधिसभा विघटन गरी सरकारले अध्यादेशमार्फत बजेट ल्याएर संविधान उल्लंघन गरेको निष्कर्ष निकालेको छ । काँग्रेस, माओवादी केन्द्र, माधव नेपाल पक्ष, उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाबीच भएको छलफलबाट उक्त निष्कर्ष निकालिएको हो ।

अध्यादेशबाट बजेट ल्याएको विरोधमा संयुक्त विज्ञप्तिमार्फत साझा धारणा सर्वजनिक गर्न लागिएको गठबन्धनका एक नेताले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री