मदिरा र चुरोट, सुर्तीको मूल्य बढ्ने

अर्थमन्त्री विष्णु पौडेलले मदिराको मूल्य बढ्ने बताएका छन् । शनिबार सार्वजनिक बजेटमा उनले मदिरा, बियर, वाइन, चुरोट, सुर्तीजन्य तथा हल्का पेय पदार्थमा अन्तस्शुल्क वृद्धि गरिएको जानकारी दिए ।

Advertisement

छुटको सीमाभन्दा बढी करयोग्य वस्तु तथा सेवाको कारोबार गर्ने करदातालाई मूल्य अभिवृद्धि करको दायरामा ल्याइने भएको छ। मूल्य अभिवृद्धि करमा दर्ता भएका सबै करदाताले क्रमश: अनिवार्य रुपमा विद्युतीय प्रणालीबाट विजक जारी गर्नुपर्ने व्यवस्था मिलाइने भएको छ।

साना करदातालाई लाग्दै आएको करको दर यथावत राखी पूर्वानुमानित आय विवरण बुझाउने कारोबारको सीमा २० लाखबाट २० लाख रुपैयाँ पुर्‍याइएको छ।

कारोबारमा आधारित कर बुझाउने करदाताको कारोबारको सीमा ५० लाखबाट एक करोड पुर्‍याइएको छ।

सामूहिक लगानी कोषको आयमा कर नलाग्ने व्यवस्था गरिएको छ।  डेबिट कार्ड, क्रेडिट कार्ड, क्यूआरकोड, स्क्यान टु पे लगायत अन्य विद्युतीय माध्यमबाट भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्दा तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशतले हुने रकम उपभोक्ताले तत्काल फिर्ता पाउने व्यवस्था कार्यान्वयन गरिने भएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री