
बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईको सहयोग विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको परिवारले अस्वीकार गरेको छ ।
शनिबार थापाको परिवारले एक विज्ञप्ती जारी गर्दै प्रसाईको सहयोग आवश्यक नपर्ने जनाएको हो । जारी विज्ञप्तीमा भनिएको छ,‘उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ,।’
प्रसाईले शनिबार बिहान एक विज्ञप्ति जारी गरी कोरोना संक्रमणपछि भेन्टिलेटरमा उपचचाररत थापाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने घोषणा गरेका थिए ।
थापा कोरोना संक्रमणबाट गम्भीर बिरामी परेपछि उनको मेडिसिटी अस्पतालमा उपचारमा भइरहेको छ ।









प्रतिक्रिया