
राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट अध्यादेश जारी गरेकी छिन्। राष्ट्रपतिको कार्यालयले आर्थिक वर्ष २०७८/०७९ को बजेट अध्यादेशबाट जारी गरेको हो।
राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन्।
बजेट केहीबेरमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री कार्यालयबाट वाचन गरी सार्वजनिक गर्नेछन्। संसद विघटन भएपछि सरकारले अध्यादेशबाट बजेट सार्वजनिक गर्दैछ।










प्रतिक्रिया