
पछिल्लो २४ घण्टामा ९ हजार ८४१ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमितमध्ये ४ लाख २८ हजार ६७० जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ७८.१ प्रतिशत रहेको छ ।
आज देशभर थप ६ हजार ९५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ११० जनाकाे परीक्षण गर्दा ६ हजार ९९५ जनामा पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ रहेको छ । पछिल्लो २४ घण्टामा ९६ संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ ।









प्रतिक्रिया