
संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठलाई राखिएको विषयमा कानूनविदले प्रश्न उठाएका छन् ।
संसद विघटनसम्बन्धी रिटमाथि शुक्रबार संवैधानिक इजलासमा भएको पहिलो सुनुवाइमा अधिवक्ता गोविन्द बन्दीले इजलासमा भने, ‘न्यायाधीश बमकुमार श्रेष्ठको हकमा प्रश्न उठेको छ । यो मुद्दामा बाहिर सामाजिक सञ्जालमा पनि प्रश्न उठेको छ । बमकुमार श्रेष्ठले नेकपालाई विभाजन गरेकाले प्रश्न उठेको हो । यति महत्त्वपूर्ण मुद्दामा उहाँको उपस्थितलाई लिएर प्रश्न उठेको हो ।’
बन्दीलाई बीचमा रोक्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले सबै न्यायाधीश स्वतन्त्र हुन्छन् भन्ने मान्नुपर्ने बताए । ‘सबै न्यायाधीशको स्वतन्त्रताको विषय मान्नुपर्छ । यसरी तपाईंको पक्षबाट भन्नुभयो भने उहाँले अर्को श्रीमानलाई भन्नुहोला । तपाईंहरूले न्यायाधीशलाई विश्वास गर्नुहोला ।’









प्रतिक्रिया