उपत्यकामा एकसाता निषेधाज्ञा थप्ने तयारी

कोरोनभाइरस महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको छ ।

Advertisement

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार भाइरस संक्रमणदर र मानवीय आवतजावत पनि नघटेकाले एक साता थप्ने तयारी भएको हो ।

मंगलबार बस्ने उपत्यकास्थित तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गर्नेछ । साथै, थप आदेशहरु जारी गर्ने तयारीमा जिल्ला प्रशासनहरु छन् ।

गृह मन्त्रालयले शनिबार तीनैवटा सुरक्षा निकाय र सबै जिल्ला प्रशासनलाई परिपत्र गर्दै मानिसहरुलाई घर बाहिर निस्कन नदिन र निषेधाज्ञालाई कडाइ गर्न निर्देशन दिएको थियो । अहिले जारी भएको काठमाडौं उपत्यकाको निषेधाज्ञा जेठ १३ गते मध्यरातमा सकिँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री