विपक्षी गठबन्धनको बैठक : १४९ सांसदहरू नै सर्वोच्च जाने

मध्यरातमा संसद् विघटन गरेर चुनाव घोषण गर्ने कदमविरुद्ध नेकपा एमालेको माधव नेपालसहित विपक्षी गठबन्धनको बैठक संसद् भवन बानेश्‍वरमा जारी छ ।

Advertisement

बैठकमा राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्‍त्री केपी ओलीको गलत कदम खारेज गर्ने रणनीति र आन्दोलनबारे छलफल भैरहेको छ । वैकल्पिक सरकारका लागि राष्ट्रपति कहाँ निवेदन दिने १४९ सांसदहरू यो कदम खारेजीको माग गर्दै सर्वोच्च जाने बारेमा बैठकले निर्णय गर्ने बताईएको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेको असन्तुष्ट नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री