प्रतिगमनविरुद्ध यसरी संर्घष गर्ने काँग्रेसको निर्णय

नेपाली काँग्रेसले संसद विघटनको घटनालाई असंवैधानिक ठहर गर्दै राजनीतिक र कानुनी लडाईं लड्ने भएको छ ।

Advertisement

शनिबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पुर्व पदाधिकारी बैठकले यस्तो निश्कर्ष निकालेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

‘यो कदम घोर असंवैधानिक र अलोकतान्त्रिक हो । यसमा काँग्रेसले अरु दलहरूसँग पनि सहकार्य गर्दै राजनीतिक प्रतिरोध गर्छ’, डा. महतले बैठकपछि सञ्चारकर्मीसँग भने, ‘न्यायिक लडाई पनि लड्छौ ।’ काँग्रेसले नेपालको संविधान र लोकतान्त्रिक मूल्य मान्यतालाई छियाछिया पार्ने काममा प्रधानमन्त्री र राष्ट्रपति नै लागेको समेत जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री