थप ८६०७ जनामा कोरोना संक्रमण पुष्टि, मृततको संख्या ६ हजार नाघ्यो

पछिल्लो २४ घण्टामा थप ८ हजार ६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ३५३ जना पीसीआर र ८७३ जनाको एन्टीजेन परीक्षण गर्दा ८ हजार ६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख १ हजार ११६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या ६ हजार २४ पुगेको छ ।

संक्रमितको संख्या ५ लाख १ हजार १०६ पुगेको छ जसमध्ये ३ लाख ७४ हजार ८३६ निको भएका छन् । अहिले १ लाख १६ हजार १९२ जना आइसोलेसनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री