काँग्रेस पदाधिकारी बैठक सकिए लगत्तै बुढानिलकण्ठ पुगे प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काँग्रेस सभापति शेर बहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् ।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेसम्मका लागि समयसीमा तोक्दै वैकल्पिक सरकार गठनका लागि आह्वान गरेपछि प्रचण्ड र देउवाबीच आगामी कदमका विषयमा छलफल हुनेछ । प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ पनि देउवा निवास पुगेका छन् ।

नेपाली काँग्रेसको पदाधिकारी बैठक केही समयअघि सकिएको थियो । बैठकले राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्ने निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री