
कोरोना भाइरस संक्रमणबाट उद्योगी तथा टाइगर ब्रुअरीका अध्यक्ष तेजेन्द्र खड्काको निधन भएको छ ।
उनको बिहीबार ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । भारतमा केही वर्ष व्यवसाय गरेर नेपाल फर्किएका खड्काले हेटौंडामा युनाइटेड ब्रुअरी स्थापना गरेका थिए।
खड्काकी श्रीमतीको २० दिन अघि कोरोना संक्रमणबाट निधन भएको थियो । खड्काका दुई छोरा र एक छोरी छन् ।









प्रतिक्रिया