दैनिक दश टन लिक्विड अक्सिजन आयात

कोरोना भाइरसबाट सङ्क्रमित बिरामीका लागि अत्यावश्यक रहेको अक्सिजन आपूर्ति ९५ प्रतिशतले व्यवस्थापन भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले बताउनुभयो । हाहाकारनै मच्चिएको थियो तर सबैतिरबाट व्यवस्थापन भएकाले ९५ प्रतिशत समधान भएको छ । आउने साताभित्र शतप्रतिशत आपूर्ति हुनसक्ने गरी व्यवस्थापन भएको उहाँले बताउनुभयो ।

Advertisement

ओमानबाट ५६० थान र चीनबाट दुई हजार थान सिलिण्डर सरकारले ल्याएको छ भने निजी कम्पनीहरुले समेत सिलिण्डर ल्याएकाले चार हजारभन्दा बढी सिलिण्डर भित्रिएको मन्त्रालयको तथ्याङ्क छ । १८ हजार सिलिण्डर ल्याउने अन्तिम तयारी भएकाले यो साताभित्र अक्सिजनको समस्या सबै हल हुने प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

सिलिण्डरसँगै लिक्विड अक्सिजनको अभाव भएकाले भारतबाट दैनिक रुपमा दुई टा टंकरले आयात हुँदै आएकाले हाल थप दुई वटा टंकर थप गरी चार वटा टंकरबाट तीन दिनमा ३० टन अक्सिजन आयात हुने गरेको उहाँले जानकारी दिनुभयो । अक्सिजन भण्डारको समस्या भएकाले ट्रमा सेन्टर, शिक्षण अस्पताल महारजगन्ज, नेपालगञ्ज मेडिकल कलेजमा भण्डार गरिदै आएको छ ।

मन्त्रालयले भेन्टिलेटर, आइसियु र एचडियुमा भएका विरामीको सङ्ख्याको आधारमा अस्पतालहरुलाई अक्सिजन वितरण गर्दे आएको छ । केही समय अघि काठमाडौंमा भएका अक्सिजन प्लान्ट विग्रिने समस्या भएकाले आपूर्ति समस्या भएको तर यो समस्या समधान भइसकेको मन्त्रालयले जनाएको छ ।आजको गोरखापत्र दैनिकमा छेटु शेर्पाले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री