बुधबार, १९ वैशाख २०८१

हावामा दुई घण्टासम्म रहन्छ कोरोना भाइरस

समयपोष्ट २०७८ जेठ ५ गते २१:४३

Advertisement

भारतीय वैज्ञानिकहरुले कोरोना भाइरस हावामा दुई घण्टासम्म रहिरहने तथ्य पत्ता लगाएका छन् ।

इन्स्टिच्युट अफ मायक्रोबियल टेक्नोलजी (इमटेक), सेन्टरल इन्स्टुमन्टेसन साइन्टिफिक अर्गनाइजेसन (सीएसआईओ), सीसीएमबी र सीएसआईआरका विभिन्न प्रयोगशालाले गरेको संयुक्त अनुसन्धानले संक्रमितले सास फेरेको हावामा २ घण्टासम्म कोरोना भाइरस तैरिरहने तथ्य पत्ता लगाएको हो।

यसैकारण २ मिटरको भौतिक दूरीले मात्र संक्रमण सर्नबाट बच्न नसकिने चेतावनी भारतीय वैज्ञानिकले दिएका छन्। अनुसन्धान प्रतिवेदनअनुसार भाइरसका ड्रपलेट्स बोल्दा, गीत गाउँदा, खोक्दा वा हाच्छिउँ गर्दा हावामा फैलिन्छन्। अनुसन्धानमा ठूलो पार्टिकल जमिनमा खस्ने तर सानो कण हावामै रहने उल्लेख छ ।

यस अनुसन्धानका आधारमा मानिसलाई निवास वा कार्यालयहरूमा स्वास्थ्य सतर्कताका मापदण्ड परिवर्तन सिफारिस गरिएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री