शनिबार, १५ वैशाख २०८१

सगरमाथा इन्स्योरेन्सको लाभांश प्रस्ताव

समयपोष्ट २०७८ जेठ ५ गते १०:४५

Advertisement

सगरमाथा इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समितिको जेठ ४ गते बसेको बैंठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

कम्पनीकाे हाल एक अर्ब १२ लाख २३ हजार रूपैयाँ चुक्ता पूँजी रहेकाे छ । त्यसकाे ११ प्रतिशत अर्थात ११ कराेड १ लाख ३४ हजार रूपैयाँ बराबरकाे बाेनस शेयर वितरण पछि कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ११ कराेड १३ लाख ५७ हजार रूपैयाँ पुग्नेछ । उक्त लाभांश बीमा समितिबाट स्वीकृति पाएर आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री