मंगलबार, २५ वैशाख २०८१

प्रभु सेलेक्ट फण्डको इकाई बिक्री खुला

समयपोष्ट २०७८ जेठ ५ गते १०:४२

Advertisement

प्रभु क्यापिटल सामुहिक लगानी कोष अन्तरगत पहिलो योजना प्रभु सेलेक्ट फण्ड आजबाट बिक्री खुला भएको छ।

प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब बराबरको १० करोड इकाई बिक्री खुला गरेको हो।

यस योजनाको कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ। यो एक बन्दमूखि योजना हो। यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशतसम्म शेयरमा लगानी गर्नेछ अर्थात यो एक इक्विटि ओरिएण्डेड योजना हो।

निष्काशित कुल १० करोड इकाईमध्ये कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेडले १ करोड ४० लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले १० लाख इकाई गरी कूल १ करोड ५० लाख ईकाई सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधरणले आजबाट आवेदन दिन सक्नेछन्। फण्डको इकाईमा इच्छुक लगानीकर्ताले छिटोमा जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै इकाईका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा जेठ १५ गतेसम्म इकाई बिक्री खुला रहने क्यापिटलले बताएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री