
अशोक खनाल
अर्घाखाँची जिल्लामा अक्सिजन प्लाण्ट निमार्ण हुँने भएको छ ।
जिल्लामा अक्सिजन प्लाण्ट निर्मार्णाथ मंगलबार सन्धीखर्क नगरपालिकाका नगरप्रमुखको संयोजकत्वमा निर्माण कमिटी गठन गरिएको छ । सम्पुर्ण पालिकाका प्रमुख, उधोग बाणिज्य संघका अध्यक्ष, चेम्बर अफ कमर्शका अध्यक्ष,जिल्ला प्रशासन कार्यलयको प्रतिनिधि,अर्घाखाँची अस्पताल बवकाश समितिका अध्यक्ष ,रेड्क्रस सभापति, नेपाल पत्रकार महासंघका अध्यक्ष, अर्घाखाँची अस्पतालका प्रमुख, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिवव रहने गरि निर्माण समितिको गठन गरिएको हो ।
उक्त अक्सिजन प्लाण्ट निर्माण गर्न प्रत्येक पालिकाले दश दश लाख रुपैयाँ विनियोजन गर्ने निर्णय समेत भएको छ । साथै उक्त अक्सिजन प्लाण्ट निर्माण गर्न प्रत्येक पालिकाले दश/दश लाख रुपैयाँ विनियोजन गर्ने निर्णय समेत भएको छ । साथै अर्घाखाँची अस्पतालको स्तर उन्नतिका लागि संघ, प्रदेश सरकार संग समन्वय गरेर अघि बढ्ने जनाईएको छ ।









प्रतिक्रिया