गोर्खा बु्रअरीसहित तीन कम्पनीले कोरोना संक्रमितको उपचारका लागि २० करोडभन्दा बढी स्वास्थ्य सामाग्री सहयोग गर्ने

गोर्खा बु्रअरीसहित तीन कम्पनीले स्वास्थ्य मन्त्रालयलाई २० करोडभन्दा बढी रकमको स्वास्थ्य सामाग्री सहयोग गर्ने भएको छ ।

Advertisement

तामासेक फाउण्डेसन सिंगापुर, लोटस लाइफ फाउण्डेसन सिंगापुर तथा गोर्खा बु्रअरीले संयक्त रुपमा कोरोना भाइरस संक्रमितको उपचारका लागि मन्त्रालयलाई स्वास्थ्य सामाग्री सहयोग गर्ने भएको हो ।

कम्पनीले कोरोना संक्रमण टेस्ट गर्ने तथा कोभिड बिरामीको उपचार गर्न तत्काल प्रयोगमा आउने भेण्टिलेटर,बिप्याप मेसिन,पल्स अक्सिमिटर,फर्टिट्युट किट,स्वाब्स लगायत २० करोड भन्दा बढी रकमको विभिन्न स्वास्थ्य सामग्रीहरु प्रदान गर्ने गर्न लागेको गोर्खा बु्रअरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री